Comments Add Comment

भ्रष्टाचारको मुद्दामा डा. भक्तमान श्रेष्ठ दोषी ठहर, एक वर्ष कैदको सजाय

१३ कात्तिक, काठमाडौं । विशेष अदालतले चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

क्यान्सर अस्पतालको अध्यक्ष रहँदा डा. श्रेष्ठले १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन २०७२ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हालेको थियो ।

विशेषले ४८ लाख ९० हजार ३३७ रुपैयाँ बैध सम्पत्ति भएको विशेषको ठहर छ । बाँकी र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै यो बराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसला सुनाएको छ ।

अदालतले श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।

विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरेका श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment