+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

युएईमा आममाफीका लागि एक महिना समय थप

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १:३०

युएई/युएई सरकारले अबैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय एक महिना थप गरेको छ ।

फेरि एक महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईका समाचार संस्थाले जनाएका छन् ।

गत अगष्ट १ बाट सुरु भएको ९० दिनको आममाफी प्रकृयामा अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक र्फकन आग्रह गरिएको थियो ।

केही देशका दूतावास र कन्सोलरहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया गर्न समय मागेकाले सोहि अनुसार समय थप गरिएको समाचारमा उल्लेख छ ।

आममाफीको समय अवधिपछि अबैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।

साथै वैध भएकाहरुले इच्छाएको अवस्थामा युएईमै कामदार भिसामा रहन सक्नेछन् । उनीहरुका लागि ६ महिनाको अस्थायी भिसा दिइने र सो अवधिमा रोजगार खोजेर कामदार भिसा लगाउ पर्नेछ ।

यसअघि सुरु भएको ९० दिनको माफीको अवसर अक्टोवर ३१ (कात्तिक १४ गते) बुधबार सकिदैँ छ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल र्फकन पाउनेछन् ।
गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् ।

अवैध बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?