+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आशिरमान र शिल्पाको ‘आज हाम्रो भेट भाको दिन’ गीतमा डान्स

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते ११:३४

नेपाली चलचित्रमा अब पुराना चलचित्रका गीतलाई रिमेक गरेर तयार गर्ने प्रचलन सुरु भएको छ । चलचित्रको नाम सापटी लिएतापनि गीत नै रिमेक गर्ने सोच निर्माताले खासै पालेका थिएनन् । तर, अब एकपछि अर्को चलचित्रमा यो शैली देखिनेछ ।

यसैविच, पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दि ब्रेकअप’मा पुरानो चलचित्र ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतलाई रिमेक गरिएको छ ।

पुरानो गीतमा वुद्धविर लामाको शब्द, शिलाबहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाको स्वर थियो । रिमेक भर्सनमा भने विराज गौतम र मेलिना राइको स्वर छ । चलचित्र ‘ज्वाला’को गीतमा नृत्य गरेका नायक सरोज खनाल न्यू भर्सन गीतको भिडियोमा पनि देखिएका छन् ।

कविराज गहतराले कोरियोग्राफी गरेको गीतमा सरोज खनालको साथमा चलचित्रका मुख्य कलाकारहरु आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्कीलाई देख्न सकिन्छ । हेमराज वीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन छ ।

चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक वीसीको लगानी छ । सुरेन्द्र पौडेल यो चलचित्रका सम्पादक हुन् । लभ स्टोरी कथामा चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?