+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नाइटो काटेर प्रेमीलाई उपहार !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते ११:४१

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् ।

२३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ ।

ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् ।

प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने ।

तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ ।

मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले प्रेमीका लागि नाइटो काटिन् । उनले ब्यायफ्रेण्डकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो ।

नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो । पछि संक्रमण भएर उनको झण्डै ज्यान गएन । अहिले बल्ल उनले आफ्नो गल्तीको महसूस गरेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?