Comments Add Comment

कसरी शरीरमा क्यान्सर लाग्छ ?

बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो ।

आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ । त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ ।

के हो क्यान्सर ?

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । क्यान्सरबाट पिडित विरामी सपिजलै ठीक हुँदैनन्, किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्छ । र,  संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको  खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ ।

शरीरमा कसरी हुन्छ क्यान्सर ?

शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।

क्यान्सरका प्रकार ?

क्यान्सर चार प्रकारको हुन्छ ।

सारकोमा क्यान्सर : यो रगत तथा हड्डीसित सम्बन्धित हुन्छ ।

कार्सिनोमा क्यान्सर : यो छालासित  सम्बन्धित हुन्छ ।

लिम्फोमा क्यान्सर : लिम्फोमा नामक क्यान्सर ग्रन्थीसित सम्बन्धित हुन्छ ।

ल्यूकेमिया क्यान्सर : रगत बनाउने कोशिकाको क्यान्सरलाई नै ल्यूकेमिया क्यान्सर भनिन्छ ।

क्यान्सर हुनुको कारण

-मादक पदार्थको सेवन -जस्तै,  खैनी, सुर्ती, पान, मसाला, विडी, चुरोट, मदिरा इत्यादी ।

-खानपान -जस्तै, चिल्लो तथा वोसोयुक्त खानेकुराको सेवन, अत्याधिक मात्रामा नुनको सेवन, पचाउन समय लाग्ने खानेकुराको सेवन, ज्यादा समय एकै ठाउँमा बसेमा ।

-मोटोपना, हेपाटाइटिस बी तथा एचआईभीको भाइरसका कारण ।

-महिलामा क्यान्सरको हुनुको कारण : नवजात शिशुलाई आमाको दूध नपिलाए, गर्भनिरोधक  चक्कीको अत्याधिक प्रयोग ।

-महिनावारी पश्चात्त काखी वा स्तनमा गाँठो देखिनु ।

-स्तनमा कुनै किसिमको बदलाव देखिनु वा खाल्डो पर्नु ।

क्यान्सरका लक्षण

-मुखभित्र छाला पर्नु, मुख सोरिनु तथा पूरा नखुल्नु

-खाना खान, चपाउन, निल्न तथा पचाउन समस्या हुनु

-कम्मरमा सदैव पिडा महसुस हुनु

-पिसाबमा रगत आउनु, पिसाबको समय बदलिनु

-लगातार खोकी लाग्नु, आवाज सुक्नु तथा खकारमा रगत देखिनु

-स्तन तथा शरीरको कुनै अंगमा गाँठागुठी देखिनु

-शरीरमा रगतको कमी हुनु, एनिमियाको समस्या हुनु

-प्रोस्टेट परीक्षणमा असामान्य नतिजा आउनु

-रजनोवृत्तिमा समेत रगत आउनु

कसरी बच्ने क्यान्सरबाट ? घरेलु उपचार

-पान, सुपारी, चुरोट, लगायतका कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।

-प्रशस्त मात्रामा फलफूल तथा हरियो साजसब्जीको सेवन गर्ने ।

-कागती, सुन्तला तथा मौसमको जुस पिउने ।

-गाईको मुत्र, गहुँको जमरा क्यान्सर रोगको उपचारमा रामवाण मानिन्छ ।

-कुनै पनि रोगमा आवश्यकता अनुसार मात्र औषधीको सेवन गर्ने । अनावश्यक औषधी नखाने ।

-बदाम, किसमिस लगायतका ड्राई फ्रुट्सको सेवनले क्यान्सर रोग फैलिदैन ।

-नुनको प्रयोग कम गर्ने, नियमित एक्सरसाइज गर्ने ।

-धेरै मानिससित यौन सम्पर्क राख्नाले पनि क्यान्सर रोग लाग्ने सम्भावना उच्च हुन्छ ।

-चिल्लो खानेकुरा खानबाट बच्ने ।

-ग्रीन टीको सेवन क्यान्सर रोगको उपचारमा लाभदायक मानिन्छ ।

-क्यान्सर भएमा दूध, दही लगायतका डेरी प्रोडक्टको प्रयोग नगर्ने ।

-क्यान्सरका रोगीहरुमा बेसारको प्रयोग लाभदायक छ ।

-गहुँ लगायतका मिश्रति आटाको प्रयोग फाइदाजनक छ ।

-आलु, बैगुन, अरबी खानबाट परहेज गर्ने ।

-कलौंजीको तेल तथा अंगूरको रसलाई मिलाएर दिनमा तीन पटक सेवन गर्ने , लसुन खाने ।

-सकेसम्म अर्गानिक तथा प्राकृतिक वस्तुको प्रयोग गर्ने ।

 

-रातो निलो, पहेलो तथा  व्याजी कलरको फलफूल तथा साजसब्जी जस्तै, जामुन, टमाटर,  मेवा, कालो अंगूर, अम्बा, तरबूजा खानाले क्यान्सरको जोखिम कम हुन्छ ।

-क्यान्सरमध्य पनि सर्वाभाइकल क्यान्सरबाट बच्नका लागि एक प्रकारको खोप बजारमा उपलब्ध छ । यो छ महिनाभित्रमा तीन पटक लगाउन सकिन्छ । एघार देखि चालीस वर्षका महिलालाई लगाइन्छ, जसले गर्दा महिलाहरुमा क्यान्सरको खतरा कम हुने गर्छ ।

-मुख सम्बन्धि समस्यामा उपयोगी बबुल : बबुलको डाठँ वा पत्ता मुख तथा आमाशयको क्यान्सरमा विशेषरुपले लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार यसको पत्तामा कयौप्रकारका क्यान्सररोधी तत्व पाइन्छ । तर पिरो हुनाका कारण यसले शरीरको मटाबोलिज्मलाई प्रभावित पार्न सक्छ । त्यसैले, काडा बनाउँदा यसको पत्ताको सट्टा यसको डाठँको मात्र प्रयोग गरिन्छ । पत्तामा रहेका विभिन्न तत्वको फाइदा लिनका लागि विशेषज्ञ यसको पत्तालाई पानीमा उमालेर कुल्ला गर्न सल्लाह दिन्छन् । जसले गर्दा मुखमा रहेको किटाणु नष्ट हुने गर्छ ।

बबुल

-पुनर्नवाका पञ्चाङ्ग सबै प्रकारको क्यान्सरका लागि फाइदाजनक मानिन्छ । अझ रक्त क्यान्सरका विरामीको लागि विशेष लाभदायक मानिन्छ । औषधीको रुपमा यसको पञ्चाङ्ग  (फल, फूल, पत्ता, त्यान्द्रा, जड)को रस, काढा वा चूर्णको रुपमा प्रयोग हुने गर्छ । पञ्चाङ्ग बजारमा पनि सजिलै उपलब्ध छ । यसको पत्ताको तरकारी बनाएर पनि सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment