+
+
Shares

तामाकोसीको १ अर्ब ५८ करोडको साधारण सेयर भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते २१:३४

१४ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले भोलि -बिहीबार) देखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्रि गर्न लागेको हो ।

सेयर खरिद गर्ने समय सोमबारसम्म तोकिएको छ । डिम्याट खाता खोलेका सर्वसाधारणले सि-आस्बा  प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

निष्कासन खुला बन्द भएको बढीमा एक साताभित्र सेयर बाँडफाँट हुनेछ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७.२८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँको १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर दिइसकेको छ ।

दोलखा जिल्लाबासीका लागि निष्कासन गरिएको सेयर बुधबार बाँडफाँट भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?