+
+
Shares

माछापुच्छ्रे बैंकले बढायो नाफा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १०:०४

१५ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६९ लाख ३४ रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले मुनाफा बढाएको हो ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महिनामा यस बैंकले २८ करोड ९ लाख ५९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले मुनाफासँगै ब्याज आम्दानी पनि बढाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासभन्दा ६८ करोड १४ लाखले वृद्धि गरी बैंकले २ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी बनाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कुल व्याज खर्च भने १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८ अर्ब ५ करोड रहेको माछापुच्छ्रे बैंकको संचित कोषमा २ अर्ब ६९ करोड रुपैयाँ छ ।

१७ अर्बले बढ्यो निक्षेप

माछापुच्छ्रे बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । बैंकले यस अवधिमा निक्षेप ७७ अर्ब ९८ करोड रुपैयाँ पुर्‍याएको छ ।

यो रकम अघिल्लो वर्षको पहिलो आर्थिक वर्षको तुलनामा १७ अर्ब ३८ करोड रुपैयाँले बढी हो । बैंकले ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा अनुपात ०.४७ प्रतिशत मात्रै छ भने सीसीडी रेसियो ७८.९२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?