बलिउडका सुपरस्टार नायक साहरुख खानको जन्मदिनको अवसर पारेर नोभेम्बर २ मा चलचित्र ‘जिरो’को ट्रेलर रिलिज हुँदैछ । चलचित्रको ट्रेलर रिलिज अगाडि २ पोष्टर सार्वजनिक गरिएको छ ।
२ पोष्टर मध्यरातमा नायक साहरुख खानले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । पोष्टर सार्वजनिक भएसँगै यसको अहिले चर्चा चुलिएको छ ।
आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखबाट रिलिज हुँदैछ ।
चलचित्रको २ वटा पोष्टरमा साहरुखसँग २ नायिका देखिएका छन् । साहरुख खानसँग अनुष्का शर्मा सफ्ट देखिएकी छिन् भने कट्रिना कैफ निकै हट देखिएकी छिन् । चलचित्रको ट्रेलर हेरेका केही समिक्षकले यसको खुलेरै प्रशंसा पनि गरेका छन् । यो चलचित्रमा साहरुख शारीरिक रुपमा होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4