Comments Add Comment

हेटौंडा-काठमाडौं सडकमा जोरबिजोर प्रणाली लागू

१५ कात्तिक,  हेटौंडा । हेटौंडा-काठमाडाैं सठकमा प्रदेश ३ सरकारले जोरबिजोर प्रणाली लागू गरेको छ ।

सबै सवारीसाधनहरु कुलेखानी-फाखेल-फर्पिङ सडकवाटमात्र हेटौडा-काठमाण्डौ आउजाउ गरेकाले प्रदेश सरकारले जोरबिजोर प्रणाली लागू गरिएको हो ।

सवारीसाधनहरु कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक भएर हेटौंडा-काठमाडौं आउजाउ नगर्ने र फाखेल-फर्पिङको मात्र सडक प्रयोग गरेकाले जोरविजोर प्रणाली लागू गरेको प्रदेश-३ का मुख्यसचिव आनन्दराज ढकालले बताए । ‘एउटा मात्र मोटरबाटो प्रयोगमा आउँदा सवारीसाधनको अत्यधिक चाप परेकाले फाखेल-फर्पिङ र सिस्नेरी-दक्षिणकालीको मोटरबाटो गरी दुवै प्रयोगमा ल्याउन जोरबिजोर प्रणाली लागू गरेका हौ,’ उनले भने ।

अहिले कुलेखानी-फाखेल-फर्पिङको मोटरबाटो भएर हलुकासवारी साधन दैनिक २ हजारवटा चल्ने गर्छन् ।

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएकोे वैठकले जोरविजोर प्रणालीलाई कात्तिक १६ गतेदेखि कडाइको साथ लागू गर्ने निर्णय गरेको छ ।

गत महिनादेखि नै प्रणाली लागू गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन सकेको थिएन । कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकको मर्मतसम्भार गरेर सवारीसाधनहरु आउजाउ गर्नसक्ने अवस्थामा पुर्‍याउने सहमति भएको छ ।

सम्बन्धित निर्माण कम्पनीहरुलाई तत्कालै मर्मत सम्भार गर्न लगाउने उनीहरुले आलटाल गरेमा प्रदेश सरकारले आफनो लगानीमा मर्मत सम्भार गर्ने सहमति बनेको छ ।

संघीय सरकारले हेटौडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रदेश सरकारलाई जिम्मा लगाएको छ । सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले चालु आवमा २० करोड रुपैयाँ रकम विनियोजित गरेको छ ।

सडकको स्तरोन्नतीको लागि मकवानपुर खण्डमा मोतिदान/गजुरमुखी जेभीले र काठमाडौं कबिन्द्र निर्माण सेवाले निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजि्रसक्दा पनि काम सम्पन्न गरेको छैन ।

डिभिजन सडक कार्यालयवाट निर्माण कम्पनीलाई ९५ प्रतिशत भन्दाबढी रकम भुक्तानी भइसकेको भएपनि ७० प्रतिशत पनि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment