Comments Add Comment

‘ड्रेसिङ रुम’ ठूलो नबनाए क्लब रेलिगेसन हुने

१५ कात्तिक, काठमाडौं । मुख्य व्यावसायिक लिग बाहेकका क्लबले ‘ड्रेसिङ रुम’ ठूलो नबनाए रेलिगेसन गरिने भन्दै इंग्ल्याण्ड फुटबल एशोसिएशनले क्लबहरुलाई पत्राचार गरेको छ ।

अहिले ‘ड्रेसिङ रुम’ १२ स्क्वायर मिटर हुनुपर्ने नियमलाई बढाएर १८ स्क्वायर मिटर हुनुपर्ने बनाएको हो । जसमा ३१ मार्चसम्म त्यसलाई पूरा नगर्ने क्लबहरुलाई रेलिगेसनमा पारिने छ ।

एशोसिएशनको यस्तो निर्णयमा क्लबहरुले भने विरोध जनाएका छन् । दक्षिणी इंग्ल्याण्डको डिभिजन वान क्लबले यस्तो निर्णय लज्जाजनक भएको प्रतिक्रिया दिएको छ ।

प्रभावित एक क्लबका अधिकारीले भनेका छन्, ‘सबै कुरा छोटो समयमा तयार पार्न सम्भव नै छैन । योजना बनाउनुपर्‍यो, काम गर्नुपर्‍यो, तयारी गर्नुपर्‍यो, रकम जुटाउनु पर्‍यो सबै कुरा अहिले खेल भइरहेको समयमा कसरी काम हुन्छ त ? अविश्वसनीय निर्णय भएको छ ।’

एशोसिएशनले भने यस्तो निर्णयबारे २०१४ मा जानकारी गराएको र त्यसमा काम गर्न पर्याप्त समय रहेको बताएको छ ।

त्यसले खेलाडी संख्या बढ्ने, मेडिकल सामग्री बढाउन सकिने र खेलाडीका लागि राम्रो वातावरण हुने एशोसिएशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment