Comments Add Comment

सेयर बजारमा झिनो गिरावट

१५ कात्तिक, कठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । बिहीबार सेयर बजारमा शून्य दशमलव ४८ अंकले गिरावट आएको हो ।

शून्य दशमलव ४८ अंकले घटेर नेप्से परीसूचक १ हजार २ सय २० दशमलव ९८ मा आइपुगेको छ । बिहीबार ४ हजार १ सय २९ कारोबारबाट १ सय ६० कम्पनीका ७ लाख ८२ हजार २९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाँ पुगेको छ । बिहीबार सबैभन्दा धेरै सानिमा बैंकको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार सानिमा बैंकको २ करोड ६० लाख ४४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment