+

पीपीएल : शीर्ष स्थानको बुटवललाई धनगढीले हरायो

२०७५ कात्तिक  १५ गते १६:३६ २०७५ कात्तिक १५ गते १६:३६
पीपीएल : शीर्ष स्थानको बुटवललाई धनगढीले हरायो

१५ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टरलाई २० रनले हराएको छ ।

पोखरा रंगशालाको मैदानमा १ सय ६२ को लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दा ६ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।
बुटवलका दुवै ओपनर रन आउट भएका थिए । सागर पुन १ रन बनाउँदा र रोहन मुस्तफा २० रन बनाउँदा आउट भए ।

चिराग सुरीले ५४ बलमा ७९ रन बनाए । भीम सार्की ५ रन बनाउँदा र शंकर राना शून्यमै आउट भए । सिद्धान्त लोहनीले १२ रन बनाए ।सोमपाल कामीले १२ रन बनाए ।

धनगढीका सागर ढकालले दुई र डान लोरेन्स र कमल सिंह ऐरीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०/१० रन बनाउँदा आउट भएका थिए । तेस्रो विकेट पिटर टे्रगो १४ रन बनाउँदा आउट भए पनि चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा धेरै १ सय ८ रनको साझेदारी गरेका थिए ।

लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाएका थिए ।

बुटवलका विपिन खत्रीले दुई साथै रोहन मुस्तफा र अविनाश बोहराले एक/एक विकेट लिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय