Comments Add Comment

म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

१६ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा फुलहामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कपको अन्तिम आठमा प्रवेश गरेको हो । सिटीलाई जित दिलाउन ब्राहिम डेइजले २ गोल गरे ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा सहज जित हात पारेको सिटीले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गरेको थियो । खेलको १८ औं मिनेटमा नै ब्राहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा पनि उनकै गोलबाट दोब्बर अग्रता बनाएको थियो ।

खेलको ६५ औं मिनेटमा ब्राहिमले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमले गोल हुन नसकेपछि खेल सिटीले २–० गोलले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment