+
+
Shares

भाजपा प्रदेश सचिव परिहारको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते ८:२०

१६ कात्तिक, काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ ।

बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।

गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । तर बिजेपीको जम्मु–काश्मिर अध्यक्ष रवीन्द्र रैनाले गोली हान्ने आतंककारी भएको दाबी गरेका छन् । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?