Comments Add Comment

मिटुमा मुछिएपछि इन्डियन आइडलबाट अनुमल्लिक आउट

भारतीय टेलिभिजनमा प्रशारण हुने गायन रियालिटी हो ‘इन्डियन आइडल’ १० औं संस्करणसम्म आइपुग्दा संगीतकार अनु मल्लिक यसका अभिन्न हिस्सा थिए । तर, अब कार्यक्रममा उनी देखिने छैनन् ।

मिटुमा मुछिएपछि अनु मल्लिकको इन्डियन आइडल यात्रा समाप्त भएको हो । यौन उत्पीडनको गम्भीर आरोप लागेका कारण च्यानलले उनलाई निर्णायकबाट हटाउने निर्णय लिएको थियो ।

पहिलो संस्करणदेखि नै मल्लिक निर्णायकका रुपमा देखिन थालेका हुन् । अरु निणर्ायक परिवर्तन हुँदै आए पनि च्यानलले उनलाई भने निरन्तर राखेको थियो ।

मल्लिकमाथि थुपै युवतीहरुले यौन उत्पीडनको आरोप लगाएका छन् । सबैभन्दा पहिले गायिका सोना महापात्राले मल्लिकलाई ‘सिरियल प्रिडेटर’ (सिलसिलेवार अपराधी) संज्ञा दिएकी थिइन् । तर, मल्लिकले भने उनलाई आफूले नचिनेको र सँगै काम पनि नगरेको दावी गरेका छन् ।

अर्की गायिका श्वेता पण्डितले आफू १५ वर्षकी हुँदा मल्लिकले आफूलाई रेकर्डिङ स्टुडियोभित्रै हातपात गरेको आरोप लगाएकी छन् । मल्लिकले यसलाई पनि खन्डन गरेका छन् । यसका अलावा दुई अन्य महिलाहरुले पनि मल्लिकलाई मिटुमा तानेका छन् ।

विवादित बनेपछि च्यानलले मल्लिकलाई राजीनामा गर्न दावाव दिएको थियो । मल्लिकलाई आइन्दा इन्डियन आइडलमा समावेश नरिने भएको छ । यो उनको लागि ठूलो धक्का हो । म्युजिक इन्डष्ट्रीमा खासै काम पाउन छोडेका मल्लिम इन्डियन आइडलबाट चर्चामा रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment