आरआर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फर्स्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको सर्ट फिल्म प्रतियोगितामा पहिलो पुरस्कार जितेको छ । डेनमार्कस्थित गैह्रसरकारी संस्था डीसीए नेपालले आयोजना गरेको प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै फर्स्ट ब्लड प्रथम भएको हो ।
डिसिए नेपालका देशिय निर्देशक डेभिड वालेस स्मिथले सामाजिक विषय उठानका लागि यो महत्वपुर्ण प्रयास भएको बताए । उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपुर्ण विषयहरुलाई प्रतियोगिता तथा अन्य माध्यमबाट डिसिए नेपालले सदैव प्रमुखताका साथ उठान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।
डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रथम पुरस्कारको राशी ५० हजार रहेको छ । प्रतियोगितामा रेवती गुरुङ्ग निर्देशित ‘राजवती’ ले ३० हजार राशीको दोश्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैनबत्तीको (रिईम्याजिन्ड) ले २० हजार राशीको तेश्रो पुरस्कार हात पारे । यस्तै मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ ले अडियन्स अवार्ड जित्न सफल भएको छ ।
‘हामीले यही सामाजमा दैनिक घटिरहने घटनालाई चलचित्रमा उतारेका छौं’ , रेवती गुरुङले भनिन् ।
त्यस्तै, आर आर श्री स्कुल अफ टेक्नोलोजीका रमेश मान श्रेष्ठले फस्र्ट ब्लड निर्माणका बेला आˆना महिला सहकर्मीसँग समय बिताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारिरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताए ।
आवेदन परेका फिल्म मध्यबाट नौवटा प्रतियोगिताका लागि छानिएका थिए । निर्देशक दीपक रौनियार, लेखिका राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुणराज श्रेष्ठ सम्मिलित ‘जुरी’ को समुहले यी चार चलचित्रको छनौट गरेका हुन ।
प्रतिक्रिया 4