+
+
Shares

डडेल्धुरामा नेकपाको एकता प्रक्रिया टुङ्गियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १५:५६

१६ कात्तिक, डडेल्धुरा । डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ ।

जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ ।

तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले पर्शुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको छ ।

जिल्लाका ५२ वडामा समेत नेतृत्वको बाँडफाँट गरिएको छ । जसअनुसार तत्कालीन एमालेलाई २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ ।

नेकपाको कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका पालिका तथा वडाको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिए ।

बैठकबाट सर्वसम्मतरुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन माओवादी केन्द्रबाट कार्यदलका सदस्य मानसिंह मालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?