Comments Add Comment

श्रीमतीमाथि शंका लाग्छ ? यो तपाईंको रोग हो

समस्या- अहिले म ३६ वर्षको भएँ । हाम्रो विवाह भएको ७ वर्ष भयो । मैले विवाह गर्नुअघि केही वर्ष प्रेम गरेर उनलाई राम्रोसँग चिनेर विवाह गरेको हुँ । मलाई सम्झना भएसम्म हामीबीचको सयौं यौन सम्बन्धमध्ये २० देखि २५ पटकसम्मको समागम निकै रोचक र आनन्दमयी भएको थियो । त्यसपछि हाम्रो सम्बन्ध केवल औपचारिकजस्तो मात्रै हुन्छ ।

आजकाल उनी धेरै कर गरेपछि मात्र यौन सम्बन्धका लागि तयार हुन्छिन् । शुरु शुरुमा यो कुराले मलाई आश्चर्य लाग्ने गर्दथ्यो र आफैंलाई दोषी मान्थें । उनको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थे । धेरै समय बितिसक्दा पनि केही सुधार नभएकाले अब चाहिँ उनको अरु नै कोही यौन पार्टनर छ कि जस्तो लाग्छ ।

यस विषयमा राम्रोसँग सोध्दा उनी झर्केर ‘छैन’ मात्र भन्छिन् । उनले झर्केर दिएको उत्तरले ममा झन् शंका उत्पन्न गराउँछ । आजकाल उनीमाथिको शंका झन् बढेर गएको छ  । हामीवीचको मनमुटाव बढ्दै गएको छ र अधिकांश समय उनी माइततिर नै बस्छिन् । बेलाबेलामा उनी छोडपत्रको समेत माग गर्छिन् । यो मेरो समस्या हो कि मेरी श्रीमतीको ? यस समस्याका कारण म सधैं चिन्तामा भइरहन्छु ।

जवाफः यो तपाईंको रोग हो

तपाईको प्रश्न पढ्दा तपाईंहरु वीचमा सामान्यखालको होइन, निकै लामो समयदेखि मतभेद देखिन्छ । र, यो अन्य कुराको भन्दा पनि यौनकै सम्बन्धमा मतभेद छ भन्ने लाग्छ । एकातिर यौन सम्बन्धमा कमी आएको र अर्कोतिर आफ्नी श्रीमतीको कतै यौन पार्टनर भएको भन्ने शंका हुनु निश्चय नै सानो समस्या होइन । पहिले यस्ता कुरामा निर्क्यौल गरौँ ।

सबैभन्दा पहिले तपाईंको प्रश्नतिर जाऔं ।

तपाईंले सुरुका २०-२५ पल्ट मात्रै राम्रो यौन सम्बन्ध कायम भएको त्यसपछि लगातार यौन आनन्द घटेको कुरा उल्लेख छ । त्यसपछि तपाईंलाई उनीप्रति शंका पहिला उत्पन्न भएको भन्ने देखिन्छ । यद्यपि पहिले यौन सम्बन्धमा कमी आएको हो कि पहिले शंका भएर यौनमा आनन्द कम भएको भन्ने कुरा खुलस्तरुपमा बुझिँदैन । तैपनि तपाईंका कुराहरु पक्रेर केही बताउने प्रयास गर्नेछु ।

तपाईकी  श्रीमतीको कोही यौन साथी छ कि भन्नेे शंका भएका कारण तपाईंलाई यौनमा आनन्द नआएको हो भने भने यो एक प्रकारको रोग हो । कुनै प्रमाण नभए पनि मेरी श्रीमती अरुसँग सम्बन्ध स्थापित गर्छिन् भन्ने लाग्छ भने यसलाई ‘रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर’ (आर.ओ. सी. डी.) भनिन्छ ।

जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार (आर.ओ. सी. डी) कुनै एक पार्टनरमा छ भने यसको सिधै असर यौन सम्बन्धमा र वैवाहिक सम्बन्धमा पर्छ । तपाईले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरु दुवैले यो समस्या कहाँबाट उत्पन्न भइरहेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ ।

एकजना यौन अध्येता एल्भिस प्रेसली भन्छन् “हाम्रो सम्बन्धको वीचमा शंका छ भने हामी दुईवीचको सपनाको विकास गर्न सक्दैनौ”। रोवर्ट रेडिल र रोवर्ट विङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईर्ष्या र मनोवलमा कमी हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो पार्टनरको फोन जाँच गर्ने, कता गएको हो भनेर पछयाउने जस्ता कामहरु पनि हुन थाल्छ र सम्बन्ध झन् बिग्रन्छ ।

अर्को थाहा पाउने पर्ने कुरा हरेक व्यक्तिको यौन ईच्छा र चाहना फरक हुने गर्छ । कोही व्यक्तिहरुले एउटै पार्टनरसँग वर्षौं वर्षसम्म उत्तिकै र उस्तैखालको यौन चाहना हुन सक्छ र उनीहरुलाई एउटै पार्टनरसँग यौन सम्पर्क गर्दा मात्र धेरै आनन्द हुने हुन्छ ।

तपाईंले उल्लेख गरेको जस्तो समस्या सबै पुरुषमा हुँदैन ।  एक अनुसन्धानकर्ता विलसनले १९८१ मा पुरुषमा अनुसन्धान गरेे । पुरुषमा नयाँ पार्टनरसँग यौन सम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौन सम्पर्कमा नआएको पाइयो । महिलामा पनि अनुसन्धान गरियो । तर, महिलामा यस्तो समस्या निकै कम भएको पाइयो ।

धेेरै जोडीहरु जो एक अर्कासँग लामो समयसम्म यौन सम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरुमा नयाँ र उत्साहित यौन क्रियाकलापहरु भइरहने अनुन्धानहरुले देखाएका छन् । तपाईंहरुको जीवनमा उत्साहित र उत्तेजनाको महसुस गर्न यौन विविधता र नयाँ पनको आवश्यकता हुन सक्छ ।

उहाँमा या आफैंमा कुनैै समस्या छ वा छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ  । तपाईं र तपाईंकी श्रीमतीले एकअर्कासँगको सम्बन्ध कसरी राम्रो बनाउने र तपाईको यौन ईच्छा कसरी पूरा गर्ने भन्ने बारेमा छलफल र निर्णय लिन जरुरी हुन्छ । माथि उल्लेखित कुरा जस्तै तपाईंको शंका बढ्दै जाने क्रममा तपाईंहरुवीचको सम्बन्ध झन् बिग्रन सक्छ ।

यदि माथि उल्लेखित विधिहरुले पनि काम गरेन भने तपाईं र तपाईंको श्रीमतीले मनेविद् वा मनोचिकित्सकलाई भेट्ने हो कि निर्णय लिन जरुरी हुन्छ । तपाईंको शंकाले नै समस्या आएको हो भने तपाईं आफूले नै छिट्टै विज्ञलाई जँचाउन आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment