Comments Add Comment

नेकपा नेता भुसाल भन्छन्- बुटवलको चियापानबारे मलाई जानकारी छैन

१७ कात्तिक, रुपन्देही । सत्तारुढ नेकपाले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी छन् । तर नेकपाकै नेता घनश्याम भुसालले भने उक्त कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

घनश्याम भुसालको घर रुपन्देहीमै छ र उनी नेकपाको स्थायी कमिटी सदस्य हुन् । आफ्नै गृह जिल्ला मात्र होइन, घरकै नजिक बुटवलमा हुन लागेको पार्टीको महत्वपूर्ण कार्यक्रमबारे आफूलाई अन्तिम समयसम्म जानकारी नगराइएको नेता भुसालले अनलाइनखबरलाई बताए ।

आफूलाई कार्यक्रमबारे जानकारी नगराइएकाले बुटवलमा चियापान कार्यक्रम हुँदै गर्दा नेता भुसाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन भन्दै शनिबार बिहान दाङतर्फ गएका छन् ।

‘मलाई अन्तिमसम्म जानकारी गराइएन, त्यही भएर म पूर्वनिर्धारित कार्यक्रमका लागि दाङ जाँदैछु,’ भुसालले शनिबार बिहान अनलाइनखबरसँग भने, ‘समाचारमा बुटवलको चियापान समारोहलाई मैले पनि सम्बोधन गर्ने भनेर मिडियाहरुमा नाम देखें, सुनंे तर सत्य होइन । मलाई सम्बोधनका लागि निम्ता पनि गरिएन, जानकारी पनि दिइएन ।’

पार्टी नेता भुसालले बुटवलको चियापान कार्यक्रम छाडेर दाङको कार्यक्रममा सहभागी हुन जानुले पार्टीभित्र एकखालको तरंग ल्याएको छ । कतिपयले बौद्धिक र सैद्धान्तिक व्याख्याताको छवि बनाएका नेता भुसाललाई मिनिमाइज गर्न पूर्व एमालेकै एक पक्षले निम्ता नगरेको अर्थ लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment