+
+
Shares

माधव नेपाल नेतृत्वको टोलीले प्रस्तावित निजगढ विमानस्थल निरीक्षण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते ११:३६

१८ कात्तिक, काठमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गको स्थलगत निरीक्षणका लागि माधवकुमार नेपालको नेतृत्वमा सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको टोली सोमबार निजगढ स्थलगत निरीक्षणका लागि जाने समितिका सचिव सुरजकुमार दुराले अनलाइनखबरलाई जानकारी दिए ।

पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको टोलीमा नेपालसहित उपसमितिका सदस्यहरु दिव्यमणी राजभण्डारी, चाँद तारा कुमारी, दीपक प्रकाश भट्ट र निर्जला राउत छन् ।

स्थलगत निरीक्षणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र वन तथा वातारण मन्त्री शक्ति बस्नेत समेत जाने उनले बताए । टोली सोमबार विहान हेलिकप्टरमार्फत जाने र सोमबार नै र्फकने कार्यक्रम छ ।

निजगढ विमानस्थल निर्माणले वातावरणमा ठूलो क्षति हुने भन्दै कतिपयले फरक मत राख्दै आएका छन् । वन मन्त्रालयले विमानस्थल निर्माणअघि आवश्यकभन्दा बढी वन फडानी गर्न लागेकाले छानबिन गर्नुपर्ने भन्दै कांग्रेस सांसदहरू गगन थापा लगायतले समितिमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन माथि छलफल हुँदा स्थलगत निरीक्षण हुनु पर्ने निर्णय पछि उपसमिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?