Comments Add Comment

दार्जिलिङपछि काठमाण्डौमा प्रदिप र जसिताको ‘लभ स्टेशन’

चलचित्र ‘लिलिबिली’को टिम दार्जिलिङ्गबाट काठमाण्डौ आएको छ । हाल यो चलचित्रको काठमाण्डौमा छायांकन भैरहेको छ । तिहार अघि नै २ वटा गीत बाहेकको छायांकन सकिने निर्माणपक्षले जानकारी दिएको छ ।
दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दशैं लगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो ।

काठमाण्डौमा विगत १० दिनदेखि चलचित्रको छायांकन भैरहेको छ । तिहारपछि चलचित्रको एउटा गीत मनाङ र अर्को गीत जापानमा खिच्ने यसको निर्माणपक्षले बताएको छ । निर्माता गोविन्द शाहीले यो बर्षको अन्त्य सम्ममा चलचित्र रिलिज हुने बताए ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ मुख्य भूमिकामा छन् । साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काˆले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment