Comments Add Comment

म्याड्रिड मेलामा ‘मिनी नेपाल’, हिलारीका नातिले यसो भने…(तस्वीरसहित)

स्पेन / काठको चारवटा पिलरसहितको गेट । त्यसको ठिक अगाडिपट्टी मण्डला । मण्डलाको पछाडि बुद्वको मूर्ति । त्यसको पनि पछाडि बौद्वनाथ ।

दायाँ र बायाँ दुई वटा छाप्रो पनि देखिन्छन् । अर्को कुनामा दुई मिटर लामो मायादेबीको मुर्ति छ । झन्डै ४ सय वगमिटरमा जता हेर्‍यो त्यतिै नेपाली सम्पदा झल्किएका छन् ।

स्पेनको राजधानी म्याडि्रडमा बिहिबारदेखि सुरु भएको एउटा मेलाभित्रको दृष्य हो यो । यहाँभित्रको नेपाल स्टलमा पस्दा नेपालीहरुको मन त गद्गद् हुन्छ नै, विदेशीहरुसमेत लोभिन्छन् ।

प्रकृति, जलवायु तथा पर्यटन मेला ‘फेरिया एक्सपोटुराल’ मा नेपालको पेभिलिवन ग्रुपले ‘मिनी नेपाल’ बनाएको हो । यहाँ नेपाली हस्तकलाका सामानहरु सहित नेपाली कला-संस्कृति झल्कने गरी स्टलहरु सजाइएको छ । नेपालको निजी क्षेत्रले आफ्नै पहलमा मेलामा प्रतिनिधित्व जनाएको छ ।

थुप्रै देशहरुले भाग लिएको ‘फेरिया एक्सपोटुरालमा’ अनुभवी पर्वतारोही जङ्बु शेर्पासमेत सहभागी भए । विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा १५ औं पटक पाइला टेकिसकेका जङ्बुसँग आगन्तुकहरुले हिमाल आरोहणसहित अनेकन जिज्ञासा राखेका थिए । उनले पनि एक-एक गरी सबैको कौतुहल शान्त गराए । शेर्पा पोशाकसहित स्टलमा खटिएका उनले जिज्ञासा राख्नेलाई नेपाल घुम्न र हिमाल चढ्न प्रेरित गरे ।

उनले स्पेनिस पत्रकारको टोलीसँगको अन्तरक्रियामा सगरमाथा आरोहण गर्दाका कठिनाईहरु भिडियोसहित बयान गरेका थिए । बेसक्याम्पदेखि चुचुरो पुग्दासम्मका चुनौती र कठिनाईहरुबारे उनले बताए । पर्यटकहरुलाई लिएर हिमाल चढÞदा पहिले बाटो बनाउने र त्यही बाटो हुँदै उनीहरुलाई डोर्याउने गरेको अनुभव पनि सुनाए । १५ औ पटकसम्म सगरमाथा आरोहण गरेको अनुभव उनले सुनाइरहदा स्पेनिस पत्रकारहरुले निकै चाख मानेका थिए ।

झन्डै १६ हजार स्पेनिसहरु बर्षेनी नेपाल भ्रमणमा पुग्ने गर्छन् । उनीहरुमा हिमाल आरोहण गर्ने ठूलो रुचि भएको पाईन्छ । पर्यटन प्रवद्वनका लागि एक कुशल र अनुभवी पर्वतारोहीलाई मेलामा ल्याएर अन्तरक्रिया गराउदा फलदायी हुने अपेक्षा गरिएको छ।

हिलारीका नातिहरुको चासो

विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पहिलो पटक पाईला टेक्ने एड्मन्ड हिलारीका दुई नातिहरु मेलामा उपस्थित भए । एलेक्जेण्डर हिलारी र जर्ग हिलारीले नेपालबारे चासो ब्यक्त गरेका थिए । उनीहरुले नेपाली स्टलहरुको अबलोकनसमेत गरे ।

उनीहरुले माउन्ट एभरेष्ट, लुम्बिनी, युनेस्कोमा परेका स्तुपाहरु एकदमै हेर्नलायक रहेको भन्दै यसले नेपालको चिनारी गराउने बताएका थिए । नेपालबाट आएका पत्रकार गजेन्द्र बस्नेतले उनीहरुलाई उद्वृत गर्दै भने, ‘हामी यसअघि नेपाल गएका थियाैं । नेपाल, नेपाली र सगरमाथा देख्दा एकदमै खुशी लाग्छ । एकदमै आत्मीयता महसुस हुन्छ । नेपालीहरु एकदमै राम्रा हुन्छन् ।’

नेपालको हिमाली क्षेत्रमा हिलारी फाउन्डेसनमार्फत सहयोग बढाउने प्रतिवद्वतासमेत उनीहरुले ब्यक्त गरेका छन् । अन्य ठाउँहरुबाट पनि रकम संकलन गरेर फाउन्डेसनमार्फत नेपाललाई थप सहयोग गर्ने उनीहरुको भनाई छ ।

स्टल सजावटमै ४० लाख

नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष नरेश श्रेष्ठले पर्यटनसँग सम्बन्धित लगायतका बिभिन्न कम्पनीहरुको समुह बनाएर मेलामा सहभागिता जनाइएको बताए । उनले आˆनै झन्डै ४० लाख रुपैयाँ खर्चमा स्टल सजावट गरेको जानकारी दिए । पाभिलिवन ग्रुपको नेतृत्व गरेका श्रेष्ठसहित अन्य १४ जनाले नेपालबाट सहभागिता जनाएका छन् ।

‘एक्सपोटुरालले स्थान मात्र दिने हो, यो स्थानको डेकोरेसन आˆनै खर्चमा गरेको हुँ, सामानहरु बिक्रि गरेर जाँदा खर्च उठ्ने अपेक्षा गरेको छु,’ उनले भने । श्रेष्ठका अनुसार मायादेवीको मुर्ति बिक्रि भईसकेको छ भने छाप्रोहरु बिक्रि हुने क्रममा छन् ।

स्पेन सरकारबाट नेपालले थुप्रै कुरा सिक्नुपर्ने उनी बताउछन् । सन् २००७ को नातुरिभा मेलामा समेत सहभागिता जनाईसकेका श्रेष्ठ भन्छन्, ‘यति ठुलो मेलामा हाम्रो सरकारको ध्यानै पुगेन । पर्यटन बोर्ड आउन नचाहने, पर्यटनमन्त्री आउन नचाहने । काठमाडौका मेयरले म्याडि्रड मेयरसँग हस्ताक्षर गरेर पनि फलोअप नगर्ने । सम्बन्ध गाँसेर मात्र भएन, मुलुकको हित हुने गरी काम पनि गर्नुपर्‍यो ।’

सरकारी चासो शुन्य

निजी क्षेत्रले ठूलो खर्च गरेर नेपालको पर्यटन प्रवर्द्धनका लागि प्रयास गरेको भएता पनि सरकारी तवरबाट सहभागिता र चासो शुन्य देखिएको छ । नेपाललाई केन्द्रित गरेर आयोजना गरिएको मेलाका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डमा पत्र पुगे पनि कुनै चासो ब्यक्त भएन । स्पेनमा स्थापना भएको नेपाली राजदूताबासले समेत मतलब नगरेको सहभागीहरुको गुनासो छ ।

निजी क्षेत्रबीच सम्झौता

मेलाका क्रममा म्याड्रिड चेम्बरअफ कर्मस र नेपाल चेम्बर अफ कमर्सले व्यापारिक, सांस्कृतिक र विकास सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

‘नेपालले निर्यात गर्न सक्ने अबस्था अहिले पनि छैन । स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न सजिलो बनाउन हामीले एमओंयू गरेका हौं,’ श्रेष्ठले भने ।

उनले आगामी मार्चभित्र म्याडि्रड चेम्बर अफ कर्मसको एउटा टिमले नेपाल भ्रमण गर्ने बताएका छन् । यही मेलामा नै लुम्बिनी र म्याड्रिड नगरपालिका बीच पनि बिहिबार सम्झौता भएको थियो ।

प्रकृति, जलवायु तथा पर्यटन मेला आयोजना गर्ने ईफिमा (आईएर्फइएमए) म्याडि्रड व्यावसायिक केन्ऽको सूचकको रुपमा परिचित छ । स्पेनको अर्थव्यवस्था तथा ब्यापारलाई अन्तराष्ट्रिय स्तरमा बढवा दिन यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment