+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
114/3 (16.2)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

त्रिविका १० हजार विद्यार्थी दीक्षित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १८:४५

१८ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४ औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिए ।

यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन् । स्नातकका ५४ हजार ७९४ र स्नातकोत्तरका १८ हजार ८७९ विद्यार्थी छन् । त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?