Comments Add Comment

मुटु रोगको उपचारमा ‘भेस्ट’ प्रविधि प्रभावकारी : डा. रजनिश

१८ कात्तिक, काठमाडौं । भारतका चर्चित मुटु रोग विशेषज्ञ डा. रजनिश कपुरले मुटु रोगको जोखिम कम गर्न ‘भेस्ट’ उपचार प्रविधि प्रभावकारी हुने बताएका छन् । यो प्रविधिको सहयोगले घरमै बसेर मुटु रोगको उपचार गर्न सक्ने उनको भनाइ छ ।

भारत सरकारबाट पञ्जाब रत्नको उपाधी प्राप्त गर्न सफल डा. रजनिश गुडगावमा अवस्थित मेदान्त हस्पिटलका वरिष्ठ निर्देशकसमेत हुन् । उनी मार्केटिङ एडभरटाइजिङ रिर्सच सोलुसन (मार्स) प्रालिद्वारा राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा भाग लिन नेपाल आएका छन् ।
कार्यशाला गोष्ठीमा बोल्दै उनले भने, ‘हृदयाघातका कारण सबै व्यक्तिको मृत्यु हुँदैन । हार्ट फेलियरका कारण धेरै व्यक्तिको मृत्यू हुन्छ जसमा मुटुले सही तरिकाले रगत पम्प गर्न सक्दैन ।’

त्यसबाहेक, बढ्दो उमेर तथा मधुमेह र मोटोपनाका कारण पनि मानिसमा मुटु रोगको जोखिम बढेको उनी बताउँछन् । आफ्नो मेदान्त हस्पिटलले मुटुरोगीको उपचारमा नयाँ प्रविधिहरुलाई आत्मसात गरेको उनले जानकारी दिए ।

केही प्रविधिको जानकारी दिँदै उनले भने, ‘एफएफआर नामक आधुनिक प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । यस्तै, २१ औं शताब्दीको नवीनतम प्रविधि, जसलाई ओसिटी भनिन्छ, यसले स्टेण्ट्सहरुको सही व्यवस्थापन गर्न सहायता गर्छ र शतप्रतिशत मुटुमा रगतको प्रवाह गर्छ । वाइपास सर्जरी जोखिमपूर्ण हुने अवस्थामा यो प्रविधि निकै उपयोगी मानिन्छ ।’

उनले अगाडि थपे, ‘मिनिमेट्यूर प्रविधि हृदय रोगीहरुका लागि एक वरदान हो । यस प्रविधिमा विरामीको विभिन्न हृदयका चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ । जसले मुटुको समन्वय बढाउँछ, यी सेन्सरहरुले रगतमा अक्सिजनको मात्रा, शारीरिक गतिविधि, शरीरको तापक्रम, एडे्रनलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुसरह चलाउन मद्दत गर्दछ ।’

प्राय श्वासप्रश्वासमा समस्या देखिएपछि मात्र मुटुका रोगी उपचारका लागि चिकित्सककहाँ पुग्ने डा. रजनिश बताउँछन् । त्यतिबेलासम्म निकै ढिलो भइसकेको हुन्छ । यस्ता रोगीहरुको जीवन सुरक्षाको लागि घरैबाट उपचार गर्ने प्रविधि आएको उनले बताए ।

डा. रजनिशका अनुसार बजारमा छिट्टै आउन लागेको भेस्ट नामक यस प्रविधिले लुगा बाहिरबाटै फोक्सोको क्रियाकलाप परीक्षण गर्न सक्दछ । विशेषगरी, मुटुले रगत प्रवाह गर्न छोडेमा श्वासप्रश्वास तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुपि्रन थाल्छ । यो प्रक्रिया बिरामीले चालै नपाई एक-दुई हप्ताअघि नै शुरु भइसकेको हुन्छ ।

तसर्थ, उपचारको लागि हतारिनु भन्दा नयाँ प्रविधि ‘भेस्ट’को प्रयोग गरेर तीन मिनेटमै यसका लक्षणहरु थ्ााहा पाउन उनले सुझाव दिएका छन् । साथै मुटु रोगको जोखिम कम गर्न पर्यावरणीय प्रदुषणबाट जोगिनु पर्ने उनको धारणा छ ।

साथै, तनावरहित जीवन बाँच्नका लागि प्रशस्त मात्रामा फलफूलका साथमा सागसब्जी खाने, नियमित व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान त्याग्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने, पर्याप्त मात्रामा सुत्ने तथा तनाव रहित जीवन पर्नेमा उनले जोड दिएका छन् ।

मुटु रोगसम्बन्धी एक तथ्यांकअनुसार नेपालमा प्रत्येक बर्ष चारमध्ये एकको मृत्यु हृदय रोगका कारण हुने गरेको छ । सन् २०३० सम्ममा यसले समग्र मृत्युको ३५ प्रतिशत भाग ओगट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment