+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मेलम्चीको कामले काठमाडौं धुँवाधुलोमुक्त बनाउन सकिएनः विद्यासुन्दर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १५:३९

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाइपलाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुँवाधुलो मुक्त सहर बनाउन कठिन भएको बताएका छन् ।

मेयर शाक्यले चालु आर्थिक वर्षभित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावीसमेत गरे ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सडक विभाग र मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर काठमाडौंलाई धुवाँधुलो मुक्त बनाउन आफूले प्रयास गरिरहेको जानकारी दिए ।

मेयर शाक्यले आफूले १७ महिना भित्र काठमाडौं महानगरपालिका भित्र धेरै काम गरेको दावी गरे । आफ्नो जिम्मामा रहेको सहायक सडकको पुनर्निर्माणको काम धेरैजसो भइसकेको उनको भनाइ छ ।

मेयर शाक्यले सम्पदा पुनर्निर्माणको कामलाई पनि धेरै अघि बढाइएको दावी गरेका छन् । उनले रानी पोखरी पुनर्निर्माणको काममा पनि ढिलाइ नहुने योजना अघि सारे ।

पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल गरेर रानीपोखरी पुनर्निर्माणको काम सुरु गर्ने मेयर शाक्यको योजना छ । उनले काष्ठ मण्डप र धराहरा पुनर्निर्माणको काम सुरु गरिएको स्मरणसमेत गराएका छन् ।

मेयर शाक्यले मापदण्ड विपरीत बनेको भवनलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए । उनले चालू आर्थिक वर्षमा महानगरपालिकाले सडक पुनर्निर्माण र सम्पदा पुनर्निर्माणको कामलाई जोड दिएको पनि स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?