Comments Add Comment

८ लाख खर्चिएर हेलिकोप्टरबाट गरिएको अवलोकनको उपलब्धी ‘शुन्य’

१९ कात्तिक, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति अन्तरगत गठित उपसमितिको टोली सोमबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन लागि काठमाडौंबाट हेलिकोप्टरमा उड्यो । केही समयमै निजगढ पुगेपनि स्थानीय क्षेत्रमा सेनाको एमआई-१७ हेलिकोप्टर अवतरण भएन ।

पूर्वप्रधानमन्त्री तथा उपसमिति संयोजक माधव नेपाल नेतृत्वको उक्त टोलीमा पर्यटनमन्त्री रविन्द्र अधिकारी र वनमन्त्री शक्ति बस्नेत पनि थिए । तर, टोलीले विमानस्थल निर्माण हुने क्षेत्रको स्थलगत अवलोकन नगरी फर्कियो ।

कबिर २ घण्टा हेलिकोप्टरबाटै घना जंगलमाथि हेलिकोप्टर घुमिरह्यो र निजगढमा नउत्रिईकनै काठमाडौं फर्कियो । टोली फेरि गाडीबाटै त्यहाँ अवलोनमा जानुपर्ने अवस्था आएको छ ।

निजगढमा बन्न लागेको विमानस्थलमा अहिले रुख काट्ने कि नकाट्ने भन्ने विवाद छ । ईआईए स्वीकृत भइरहेकाले अब रुख काट्न दिनुपर्ने प्रस्ताव पर्यटन मन्त्रालयले गरेको छ भने वन मन्त्रालयले विमानस्थल बन्ने आधारहरु प्रस्तुत नभएसम्म अनुमति दिन नसकिने बताएको छ ।

यस विषयमा नागरिक समाज र सांसदहरु पनि विभाजित छ । यो विवाद टुंग्याउन स्थलगत अवलोकनका लागि भएको संसदीय उपसमिति निजगढमा ओर्लिन नपाएपछि त्यसै फर्किएको छ ।

टेालीमा सहभागी एक सांसदकाअनुसार निजगढमाथिबाटै मन्त्रीले निर्माणस्थलबारे जानकारी गराएका थिए । तर, हेलिकोप्टोरबाट जंगलर केही वस्ती मात्रै देखिएको उनले बताए ।

निर्माण क्षत्रेबारे मन्त्रीहरु आफैं अन्योलमा देखिएकाले आजको अवलोकनमा कुनै उपलब्धी नदिएको ती सांसदले नाम उल्लेख नगर्ने सर्तमा बताए । आजको हेलिकोप्टोर सवारीमा करिब करिब ८ लाख रुपैयाँ खर्च हुनेछ ।

तर, उपसमिति फेरि अर्को चरणमा गाडीबाटै निजगढ जाने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment