Comments Add Comment

बहुगुणी सयपत्रीः सेवन गरे मिल्छ यस्ता फाइदा

नेपालीहरुको घरआँगनमा फूल्ने सुनौला सयपत्री फूलका थुंगाहरुलाई तिहार पर्वको संकेतको रुपमा लिइन्छ । तिहार पर्वमा विशेषगरि सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरिन्छ ।

तिहारमा दिदीबहिनीले टिका लगाइदिँदा सप्तरंगी टिकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहि आएको छ । ठूलाठूला थुंगासहितको सयपत्रीको माला साह्रै नै राम्रो देखिन्छ ।

त्यस्तै तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोली तिहारको समयमा घर कार्यालय सजाउनको लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकपि्रय छ । तिहारमा नेपालमा उत्पादन भएको सयपत्री फूलले नपुगेर भारतबाट समेत आयात हुन्छ ।

हिन्दूधर्मावलम्बीहरुले तिहारमा प्रयोग अत्यधिक गर्ने सयपत्री फूल देख्न मात्रै राम्रो हुँदैन यसको सेवनले स्वास्थ्यमा पनि फाइदा गर्छ । सयपत्री फूल आकर्षक मात्रै होइन यसमा औषधिय गुण पनि रहेको छ ।

त्यस्तै यसलाई सौन्दर्य प्रशाधनका विभिन्न उत्पादन बनाउनको लागि पनि प्रयोग गरिन्छ । सयपत्री फूललाई पिसेर लेदो बनाई वा सुकाएर धुलो बनाई चुर्णको रुपमा प्रयोग गर्न सकिन्छ । यसको सेवन गरेर हामीले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सक्छौं ।

सयपत्रीको तीन ग्राम लेदो वा चुर्ण आधा लिटर तताएको पानीमा मिसाएर दिनमा दुईतीनपटक सेवन गरेमा हामीलाई धेरै फाइदा गर्छ । त्यस्तै रस सेवन गर्दा दिनमा पाँच थोपा दिनको दुईतीनपटक सेवन गर्नुपर्छ ।

यी हुन् सयपत्रीको प्रयोगबाट हुने फाइदाहरुः
-छालासम्बन्धी रोग लागेमा सयपत्री फूलको लेप बनाएर छालामा लगाउन सकिन्छ । यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
-पेट फुल्ने र दुख्ने रोगमा सयपत्री फूलको चुर्णको मात्रा मिसाएर औषधि सेवन गरेमा फाइदा हुन्छ ।
-कमलपित्त, अम्लपित्त, पायल्स, पेटभित्र आन्द्रामा घाउ आदि भएमा पनि सयपत्रीको चुर्णले ठिक गर्छ ।
-महिलाहरुले महिनावारीको समयमा रजश्वला हुँदा रगत घटबढ हुने समस्या भएमा सयपत्री फूलको रस सेवनले महिनावारी नियमित बनाउँछ ।
-कलेजोको समस्याबाट आउने ज्वरोमा पनि सयपत्रीको चुर्ण पानीमा मिसाएर खाएमा फाइदा गर्छ । साथै रगतमा विकार बढेमा पनि यसको चुर्ण प्रयोग गरिन्छ ।
-शरीरमा बढेको अत्यधिक गर्मीपन हटाउनको लागि सयपत्रीको चुर्ण पानीमा मिसाएर सेवन गरेमा लाभ मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment