+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

छठ नजिकिएपनि सिर्सियामा बग्न छोडेन कालो लेदोसहितको पानी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १३:४४

२० कात्तिक, वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीमा फोहोर पानी आइरहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

छठ पर्व नजिकिदै गर्दापनि सिर्सिया नदीमा कालो लेदो पानी आइरहेको छ । बारा, पर्सा क्षेत्रका विभिन्न उद्योगबाट प्रदुषित पानी नदीमा नै खसाल्ने गरेका कारण उद्योगको पानी प्रदुषित छ ।

त्यसमाथि सर्वसारधणले समेत घरबाट संलकन गरेको फोहोर, मरेका पशु चौपाया लगेर नदीमा फाल्ने गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ११ मा रहेको रामजानकी मन्दिर परिसर, रानीघाट छठघाट परिसरको सरसफाई गर्ने क्रममा नदीको प्रदुषण नियन्त्रण नभएकोमा सहभागीले चिन्ता जनाएका हुन् ।

हिन्दुहरुको महान चाड दिपावली र छठ पर्वको पूर्व सन्ध्यामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले वडा प्रहरी कार्यालय श्रीपुरसँगको समन्वय गरि सरसफाइ कार्यक्रमको अयोजना गरेको थियो ।

रानीघाट मात्रै नभएर अन्यत्र पनि सिर्सिया नदीको किनारमा सर्वसाधरणले छठ पर्व मनाउँदै आएका छन् ।

विगतका वर्षहरुमा उद्योगहरुले छठको समयमा नदीमा फोहोर रसायनयुक्त पानी छोड्न बन्द गर्ने गरेको थियो । जसबाट थोरै भएपनि नदीमा सफा पानी आउने गरेको भएपनि यसवर्ष एकदमै प्रदुषित पानी आईरहेको वडा नं ११ का अध्यक्ष प्रधुम्न सेढाईले जानकारी दिए । ‘छठमा ब्रतालुहरु पानीमा पसेर अर्घ दिने गर्छन, नदीमा अहिलेसम्म कालो पानी नै आएको छ,’ उनले भने, ‘विगतमा छठको दुई तीन दिन अघिदेखि सफा पानी आउने गरेको थियो । आश गरौं यसपाली पनि सफा पानी आउँछ होला ।’

यसवर्ष कात्तिक २७ गते छठ परेको छ । छठ पर्वका लागि छठघाटको सफाई र सजावटको तयारी शुरु भइसकेको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिने चलन छ ।
व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले नदीमा पस्न त परको कुरा टाढैबाट घिन लाग्ने अवस्थामा रहेको बताए । ‘नदीमा औद्योगिक प्रदुषण मात्रे छैन, स्थानीयले पनि नदीमा फोहोर फाल्ने गरेको पाईएको छ,’ उनले भने, ‘व्यवस्थित वीरगञ्ज अभियानबाट व्यवहारिक रुपमा सबैलाई नदीमा फोहोर नगर्न आग्रह गर्ने की भन्ने बारेमा छलफल भइरहेको छ ।’
गत कात्तिक १० गते जिल्ला प्रशासन कार्यालय र उद्योगीबीच कात्तिक १८ गतेदेखि २८ गते सम्म प्रदूषित पानी नफाल्ने निर्णय भएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सांसद प्रदिप यादव समेतको उपस्थितिमा गरेको छलफलमा भएको सहमति उद्योगीहरुले कार्यान्वयन गरेका छैनन् ।

प्रजिअ पौड्यालले भने अनुगमन भईरहेको बताएका छन् । ‘सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रदुषण गर्ने उद्योगहरुको अनुगमन भईरहेको छ । केही उद्योगको अनुगमन सकिएको छ,’ उनले भने, ‘पहिला अनुगमन गर्छौ, प्रशासनको आग्रहलाई अटेर गरेर प्रदुषित पानी छोडेको छ, जर्बजस्ती गरेको छ भने कारबाही गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?