+
+
Shares

अनलाइन सुरु भएकै दिन नेप्सेको वेबसाइटमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १३:५६

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेकै दिन नेप्सेको वेभसाइटमा समस्या देखिएको छ ।

होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गरेकै दिन नेप्सेको वेभसाइटमा डाटा नदेखिने समस्या देखिएको हो ।

मंगलबार सेयर कारोबार भइरहे पनि नेप्सेको वेभसाइटमा डाटा भने देखाएको छैन । मार्केटडेप्थबाट हेर्न सकिने कम्पनीको सेयर मूल्य, किन्न तथा बेच्नका लागि गरिएको अर्डर लगायतका डाटाहरु नेप्सेको वेभसाइटमा देखिएका छैनन् ।

प्राविधिक समस्याका कारण डाटाहरु नदेखिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘टेक्निकल समस्या देखिएको हो, टेक्निकल विषयमा मलाई ज्ञान छैन ।’  समस्या समाधानका लागि प्राविधिकहरु खटिरहेकेा जानकारी दिदै चाडै समस्या समाधान हुने प्रवक्ता पराजुलीले बताए ।

आजमात्रै नेप्सेले पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुचारु गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन ।

यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाईरहनु पर्ने बाध्यता हटेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?