Comments Add Comment

जंगेले जित्यो ‘गार्ड डग’ प्रतियोगिता, आईजीपीले लगाइदिए मेडल (फोटो फिचर)

२० कात्तिक, काठमाडौं । नेपाल प्रहरीकाे अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुगेको अवसरमा मंगलबार केन्द्रीय प्रहरी तालिम विद्यालय, महाराजगञ्जमा विशेष समारोह गरियो । कुकुर तिहारको सन्दर्भमा मनाइएको स्वर्ण जयन्तीमा उत्कृष्ट प्रहरी कुकुर अवार्ड कुशल नामक कुकुरलाई दिइयो ।

प्रदेश नं. ४ प्रहरी कार्यालयमा कार्यरत् कुशलले पोखरामा बलात्कार प्रतिकार गर्दा हत्या गरिएकी बालिका श्रेया विकको अभियुक्तलाई पक्राउ गर्न सघाएको थियो ।

यो पनि पढ्नुहोस कुशलको कुशलता, जसले पायो उत्कृष्ट प्रहरी कुकुरको अवार्ड

सोही अवसरमा केन्द्रीय प्रहरी कुकुर विद्यालयका कुकुरहरुबीच ‘गार्ड डग’ प्रतियोगिता भयो । जसको उपाधि जंगेले जित्यो । उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनालले मेडल तथा पुरस्कार वितरण गरे ।

सोही अवसरमा विभिन्न क्षेत्रमा विज्ञ कुकुरहरुको क्षमता प्रदर्शन समेत गरिएको थियो । आईजीपी खनालले प्रहरीमा विद्यालय परिसरमा निर्मित कुकुर स्मारकको उद्घाटन समेत गरे ।

नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, सुरक्षा लगायतका कार्यमा कुकुर सेवाले पुर्‍याएको योगदानलाई विश्वभर फैलाउने उद्देश्य स्वरुप भाइबरमा सोही समरोहका बीच नेपाल प्रहरीको कुकुर स्टीकर सुचारु गरिएको छ ।

सोही अवसरमा उत्कृष्ट डग ह्याण्डलरको रुपमा प्रहरी जवान दिपेश रानाभाटलाई पुरस्कृत गरियो ।

यो पनि पढ्नुहोस तिहारमा कुकुरको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक कारण

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिहरुको गतिविधिमा कुकुर सेवाले पुर्‍याएको योगदानको चर्चा गरे । उनले कुकुर स्कुललाई समयसापेक्ष स्तरोन्नतिका लागि अग्रजहरुले पुर्‍याएको योगदानको प्रशंसा दक्ष जनशक्ति समेत तयार बनाउँदै लगिने जनाए ।

कुकुरले पुर्‍याउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको समेत दक्षता आवश्यक पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले स्कुलमा कार्यरत प्रहरी कर्मचारीहरुले डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने जनाए । स्कुलको पूर्वाधार विकासका साथै स्कुलले पुर्‍याउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन संगठन सदैव ढृढ संकल्पित रहेको उनको भनाइ थियो ।

सोही अवसरमा विद्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। देउती गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै स्कुलको गतिविधि सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरिन् ।

 

तस्वीरहरूः चन्द्र अाले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment