+
+
Shares

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:१०

३ भदौ, काठमाडौ । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ५४ वर्षीय जितबहादुर घले छन् । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ ।

घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?