News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएको मापदण्डभन्दा बढी विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा ममता पाण्डे र जननी बज्राचार्य रहेका छन्, जसले मलेसिया प्रस्थान गर्ने क्रममा अवैध रूपमा विदेशी मुद्रा बोकेका थिए ।
- विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले उनीहरूलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइएको जानकारी दिए।
१ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा घर भएकी ममता पाण्डे र काठमाडौंकी जननी बज्राचार्य छन् । उनीहरुले तोकिएको मापदण्डभन्दा बढी रकम लिएर बाहिर जान लागेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए । उनीहरु मलेसिया जान लागेको बताइएको छ ।
जननीबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ । ममताबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद भएको छ ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4