+
+
Shares

लागुऔषधसहित ११ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १३:०१

२९ साउन, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक/एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?