Comments Add Comment

भिक्टोरियामाथि रियलको शानदार जित, बेन्जिमा, क्यासिमिरो, बेल र क्रुसको गोल

२२ कार्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनमाथि शानदार जित निकालेको छ ।

बुधबार राति उसैको घरेलु मैदानमा भएको खेलमा रियलले भिक्टोरियालाई ५–० गोलको फराकिलोअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे भने क्यासिमिरो, ग्यारेथ बेल र टोनी क्रुसले पनि गोल गर्न सफल भए ।

बेन्जिमाले खेलको २०औं मिनेटमा नै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात खेलको २३औं मिनेटमा क्यासिमिरोले गोल गरेपछि रियलले दोब्बर अग्रता बनाएको थियो । बेन्जिमाले खेलको ३७औं मिनेटमा गोल र्दै रियललाई तेब्बर अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा खेलको खेलको ४०औं मिनेटमा बेलले गोल गर्दै रियललाई ४–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ४–० गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ६७औं मिनेटमा क्रुस गोल गर्दै रियललाई ५–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि रियलले शानदार जित निकालेको हो ।

समूह जी अन्तर्गत गएराति नै भएको अर्को खेलमा रोमाले सीएसकेए मस्कोलाई २–१ गोलले पराजित गरेको छ ।

समूह जी को शीर्ष स्थानमा रहेको रियलको ४ खेलबाट ९ अंक भएको छ । ४ खेलबाट १ अंक मात्रै बनाएको भिक्टोरिया भने समूहको अन्तिममा छ । यता, ४ खेलबाट रियलले जतिनै समान ९ अंक बनाएको रोमा समूहको दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक मात्रै बनाएको मस्को भने समूहको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment