Comments Add Comment

अष्ट्रेलिया टिमको घोषणा, स्टार्क, मार्स र लियोन टिम बाहिर

२२ कात्तिक, काठमाडौं । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका र भारतसँगको टी–ट्वान्टी क्रिकेट सिरिजको लागि अष्ट्रेलिया क्रिकेट टिम घोषणा गरेको छ ।

क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका र भारतविरुद्ध यही महिनामा हुने टी–ट्वान्टी क्रिकेट सिरिजको लागि १३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो ।

तर ३ अनुभवी खेलाडी भने टिममा परेका छैनन् । मिचेल स्टार्क, मिचेल मार्स र नाथन लियोन टिम बाहिर छन् । तीन अनुभवि खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको अष्ट्रेलियाले यो पटक दक्षिण अफ्रिका र भारतविरुद्ध कस्तो प्रदर्शन गर्ला ? भन्ने चासो छ । किनभने यसअघि पाकिस्तानसँग भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा अष्ट्रेलिया क्लिन स्विपले पराजित भएको थियो ।

अष्ट्रेलियन क्रिकेट टिममा पर्ने खेलाडीहरुमा आरोन फिन्च (कप्तान), एलेक्स क्यारेय, एस्टोन एगर, जेसन बेहरेन्डोर्फ र नाथन काउल्टर नाइल रहेका छन् । त्यस्तै, क्रिस लिन, ग्लेन म्याक्सवेल, बेन म्याकडेर्मोट, डार्सी शर्ट, विल्ली स्टान्लेक, मार्कस स्टोइनस, एन्ड्रयु टाइ र एडम जाम्पा पनि टिममा परेका छन् ।

अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग यही नोभेम्बर १७ तारिखमा एक मात्र टी–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, अष्ट्रेलियाले भारतसँग आफ्नै घरेलु मैदानमा ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment