Comments Add Comment

४ करोड लिटर इन्धन मौज्दात छ, चाहिए जति उपलब्ध हुन्छः आयल निगम

२२ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने गरी व्यवस्थापन गरिएको जनाएको छ ।  निगमका निमित्त प्रवन्ध निर्देशक सुशील भट्टराईले तिहारका लागी पर्‍याप्त इन्धन मौज्दात रहेकाले वितरणमा समस्या नहुने बताए ।

अलाइनखबरसँग कुरा गर्दै भट्टराईले भने, ‘थानकोट र अमलेखगञ्ज डिपोबाट नियमित भन्दा बढी नै वितरण भइरहेको छ, तिहारले गर्दा चहलपहल पनि घटिसकेकाले समस्या हुँदैन ।’ उनका अनुसार सबैमा डिपोमा गरी हाल निगमसँग करोड लिटर पेट्रोलियम पदार्थ मौज्दात छ ।

निगमले पेट्रोल पम्पहरुलाई डिपोबाट नियमित भन्दा बढी नै इन्धन लैजान भनेको छ । साथै पम्पहरुलाई उपभोक्ताले मागे जति दिन भनिएको उनको भनाइ छ ।  बुधबारसम्म थानकोट डिपोबाट दैनिक ६ लाख लिटर इन्धन दिइएको निगमले जनाएको छ ।

तिहारका कारण विहिबार र शुक्रबार भने डिपो बन्द हुने भएकाले पहिल्यै आवश्यकता भन्दा पनि बढी लैजान भनिएको निमित्त प्रवन्ध निर्देशक भट्टराईले जानकारी दिए । तर, इन्धन मौज्दात रहेसम्म पम्पहरुले पनि वितरण रोक्न नपाउने उनले बताए ।

थानकाेट डिपाेबाट बुधबार ८ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण गरिएको थियाे भने  मङ्गलबार ८ लाख ५० हजार लिटर पेट्रोल र ८ लाख ३० हजार लिटर डिजेल वितरण गरिएकाे थियाे ।

थानकाेट डिपाेले काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट,  बनेपा, सिन्धुपाल्चोक र सिन्धुलीका पेट्रोल पम्पलाई इन्धन वितरण गर्ने गरेकाे छ । थानकाेट डिपाेमा  डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता छ ।

तर, आकस्मिक माग हुनसक्ने अवस्थालार्इ मध्यनजर गरी थानकाेट डिपाेमा  दुई अधिकृतकाे नेतृत्वमा ८ कर्मचारीलार्इ तयारी अवस्थामा राखिएकाे छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment