+
+
Shares

चिनियाँ चमत्कार ! अब भर्चुअल रिडरले समाचार पढ्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते ८:५५

हलो ! तपाईँ हेर्दै हुनुहुन्छ, इंग्लिस न्यूज प्रोग्राम

टाइ सुट लगाएका अंग्रेजी बोल्ने एंकर आफ्नो पहिलो रिपोर्ट यसरी प्रस्तुत गर्दैछन् तर, उनी मानिस भने होइनन् ।

हो, चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले आफ्नो स्टुडियोमा जे गरिरहेको छ, त्यसमा धेरैलाई पत्यार नै लागिरहेको छैन ।

सिन्ह्वाले आफ्नो स्टुडियोमा एक यस्तो भर्चुअल न्यूज एंकरलाई उतारेको छ, जसले सुट टाइ लगाएको छ तर आवाज भने रोबर्टको जस्तो छ ।

उसको दाबी छ कि यसले ठीकसँग न्यूज प्रिजेन्टरले त्यसरी नै समाचार पढ्छ, जसरी प्रोफेसनल न्यूज रिडरले खबर पढ्छ । यद्यपि सिन्ह्वाको दाबीमा धेरै सहमत छैनन् ।

सोगो, एक चिनियाँ सर्च इन्जिन हो । यो सिस्टम विकास गर्न सोगोको ठूलो भूमिका छ ।

आफ्नो पहिलो भिडियोमा प्रिजेन्टर भन्छन्, म तपाईहरुलाई सूचना दिन लगातार काम गर्छु किनकी मेरो अगाडि लगातार टेक्स्ट टाइप भइरहनेछ ।’

‘म तपाईहरुसम्म सूचनाको एक भिन्न तरिकाले प्रस्तुत गर्ने अनुभव लिएर आउनेछु ।’

यसको दोस्रो भर्सन पनि छ, जो चिनियाँ भाषामा छ । त्यसमा अर्को व्यक्तिलाई प्रस्तुत गरिएको छ ।

यसले प्रोडक्सनको लागत कम हुने सिन्ह्वाको दाबी छ । खासगरी बेलाबेला आउने ब्रेकिङ न्यूज प्रस्तुत गर्न यो निकै उपयोगी हुनेछ ।

यो प्रविधिको विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको प्रयोग गरिएको छ । यसमा मौलिक प्रिजेन्टरको आवाज, लिप मुभमेन्ट्स र भावभंगी पनि कपी गरिएको छ ।

तर, यो कुनै मानिसको थ्रीडी भर्सन भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?