Comments Add Comment

एभर्टनसँग बराबरी खेल्दै चेल्सीले अंक बाड्यो

२६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो ।

खेलअवधिभर चेल्सीले बल आफ्नो नियन्त्रणमा लिएको थियो । पहिलो हाफमा बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्ने अवसर खेर फाल्दा जितविहिन बन्नु पुगेको हो । चेल्सीले एभर्टनको पोष्टमा १५ सर्ट प्रहार गरेको थियो । तर कुनै पनि सर्ट गोलमा परिणत हुन सकेन ।

एभर्टनसँग बराबरी खेलेसँगै चेल्सी तेस्रो स्थानमा झरेको छ । चेल्सीको १२ खेलबाट २८ अंक भएको छ भने एभर्टनको १२ खेलबाट १९ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी कायमै रहेको छ । सिटीको १२ खेलबाट ३२ अंक हुदा दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३० अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment