Comments Add Comment

रियल मड्रिडद्वारा सेल्टा भिगो पराजित

२६ कात्तिक, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ ।

सोमबार विहान उसैको घरेलु मैदानमा भएको खेलमा सेल्टा भिगोलाई रियल मड्रिडले ४–२ गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो । रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस, डेनी केबालोसले गोल गरे । त्यस्तै, एक गोल भने सेल्टा भिगोका गुष्टाभो काब्रलले आत्मघाती गोल गरेपछि रियलले उपाहार गोल पाएको थियो । यता, सेल्टाको लागि भने हुगो माल्लो र ब्राइस मेन्डेजले गोल गरे ।

खेलको २३औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रियलले दोस्रो हाफमा एक उपाहार गोलसहित ३ गोल गर्दा सेल्टा भिगोले २ गोल गर्न सफल भयो ।

खेलको ५६औं सेल्टाका काब्रलले आत्मघाती गोल गरेपछि रियलले २–० गोलको अग्रता बनाएको थियो । खेलको ६१औं मिनेटमा माल्लोले गोल गरेपछि सेल्टा भिगोले २–१ गोलको स्थितिमा पुगेको थियो । खेल ८३औं मिनेटमा पेनाल्टीबाट रामोसले गोल गरेपछि रियल ३–१ गोलअन्तरले अघि रहेको थियो ।

खेलको अतिरिक्त समयमा केबालोसले गोल गरेपछि रियलले ४–१ गोलको फराकिलो अग्रता बनाएको थियो । अतिरिक्त समयमै सेल्टा भिगोका मेन्डेजले गोल गर्दै ४–२ गोलको स्थितिमा पुर्याएको थियो ।

जितसँगै रियलले १२ खेलबाट २० अंक बनाएको छ । यता, पराजित सेल्टा भिगो भने लिगको १४औं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने १२ खेलबाट २४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment