Comments Add Comment

हेनरिकको गोलमा आर्सनलले वोल्भससँग अंक बाँड्यो

२६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अपत्यारिलो प्रदर्शन गर्दै वोल्भससँग अंक बाँडेको छ ।

सोमबार विहान आफ्नै घरेलु मैदानमा भएको खेलमा आर्सनलले वोल्भससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनललाई हारबाट हेनरिक खितर्यानले बचाए । त्यस्तै, वोल्भसका लागि भने इभान काभालेइरोले गोल गरेका थिए ।

खेलको १३औं मिनेटमा नै काभालेइरोले गोल गर्दै वोल्भसलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले अघि रहेको वोल्भसले दोस्रो हाफमा भने आफ्नो अग्रतालाई जोगाउन सकेन । हार नजिक पुगेको आर्सनलका लागि खेलको ८६औं मिनेटमा हेनरिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

बराबरीमा रोकिएको आर्सनल १२ खेलबाट २४ अंक बनाउँदै लिगको पाचौं स्थानमा छ । समान १२ खेलबाट १६ अंक बनाएको वोल्भस लिगको ११ औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment