+
+
Shares

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ७:३८

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो ।

भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?