Comments Add Comment

बलिउडको नयाँ ट्रेन्डः स्टारडम कमजोर, कथावस्तु बलियो

नायक सलमान खानले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘दबंग ३’को प्रदर्शन मिति सन् २०१९ को क्रिसमसबाट पछाडि धकेल्ने सोच बनाएका छन् । यसको मुख्यकारण, सलमान चलचित्रको बिषयवस्तुमा कुनै पनि जोखिम मोल्न चाहदैनन् ।

यसैले पनि आउँदो बर्षको क्रिसमसमा यो चलचित्र रिलिज नहुने संभावना बढेको छ । सलमान खानले कथावस्तुमा गहिरो अध्ययन गर्न आफ्नो टिमलाई सुझाएका छन् । सलमानले यस्तो निर्णय गर्नुको कारण, बलिउडमा पछिल्लो समयमा बदलिएको ट्रेन्ड हो ।

बलिउडले यतिबेला नयाँ मोड लिएको छ । २ बर्ष अघिसम्म पनि स्टारको नाममा चलचित्र चल्ने बलिउडमा अब बिषयवस्तु पावरफूल बन्दैछ । जसको प्रत्यक्ष असर, स्टारहरुको स्टारडममा देखिन थालेको छ । यो बर्ष बक्स अफिसमा बलिउडका २ स्टार खान असफल भए । सलमान खानको ‘रेश ३’ बक्स अफिसमा असफल भयो । चलचित्रले १६० करोड भन्दा माथि कमाउन सकेन । अहिले तिहारको अवसरमा रिलिज भैरहेको नायक आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को हालत पनि यस्तै छ । यो चलचित्रले त तिहारमा पनि राम्रो कमाई गर्न सकेन । चलचित्रले व्यापार १५० करोड वरिपरी नै सिमित हुने पक्का छ । यी दुबै चलचित्रको खराब वर्ड अफ माउथ थियो । जसले गर्दा हलमा दर्शक पुगेनन् ।

गतबर्ष बलिउडका अर्का सुपरस्टार नायक साहरुख खानको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले त पानी भन्न पनि पाएन । यो चलचित्रको खराब वर्ड अफ माउथका कारण बक्स अफिसमा साहरुख नराम्रोसँग पिटिए । २ बर्ष अघिसम्म साहरुख, सलमान, आमिरको नाममा दर्शक हलमा पुग्थे । अब, बलिउडले स्टारडमलाई भन्दा बढी कथावस्तुलाई विश्वास गर्न थालेको छ ।

यो बर्ष रिलिज भएको आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ बक्स अफिसमा ब्लकबस्टर भयो । पहिलो दिन ४–५ करोडको ओपनिङ गरेको यो चलचित्रले राम्रो वर्ड अफ माउथका कारण नै १ सय १० करोड माथि कमाई सकेको छ ।

नायिका श्रद्धा कपुर र नायक राजकुमार रावको मुख्य भूमिका रहेको चलचित्र ‘स्त्री’को पनि पहिलो दिनको कमाई ६ करोड थियो । तर, यो चलचित्रले पनि वर्ड अफ माउथका कारण सय करोडको क्लब सजिलै पार ग¥यो । यो बर्ष रिलिज भएका ठूला बजेटका चलचित्र असफल हुँदा साना बजेटका राम्रो कथा भएका चलचित्रले निर्मातालाई मुनाफा दिन थालेका छन् । जसलेगर्दा, अब बलिउडमा स्टारडम भन्दा कन्टेन्ट बिक्न थालेको देखिन्छ ।

अब, बलिउडका स्टार कलाकारले कथावस्तुमा ध्यान नदिने हो भने उनीहरुको चलचित्रले गतिलो व्यापार नगर्ने पक्का छ । साहरुख खान, सलमान खान र आमिर खान अब बिषयवस्तुमा गम्भिर बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment