Comments Add Comment

हिमालयन शेर्पा राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा

२६ कात्तिक, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुबटल प्रतियोगिताको सोमबारको खेलमा एपीएफलाई ट्राइबेकरमा हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा पुगेको छ ।

क्वाटर फाइनलमा खेलमा हिमालयन शेर्पा विजयी भएको हो । ट्राइबेकरमा ४-२ गोल अन्तरले एपीएफलाई पराजित गर्दै हिमालयनले सेमिफाइनलको यात्रा तय गरेको हो ।
सोमबार भएको खेलको पहिलो हापको ४४ औ मिनेटमा हिमालयन शेर्पाले पाएको पेलान्टीलाई शेर्पाका कर्ण लिम्बूले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफसम्म १ गोलको अग्रता लिएको शेर्पा भने दास्रो हाफको ९ औ मिनेटमा बराबरीमा पुगेको थियो । एपीएफका लागि प्रविन स्यान्ताङले दोस्रो हाफको ९ मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको २८ अाैं मिनेटमा एपीएफका टिम क्याप्टेन नवीन लामाले एपीएफको लागि दोस्रो गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रतामा लगेका थिए तर एपीएफको अग्रता पनि हिमालयनले धेरै समय टिक्न दिएन । शेर्पाका दद्या जोनियर वान्डाले खेलको ४० मिनटमा गोल गरि खेललाई बराबरी गराएका थिए ।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि गोल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा हिमालयन शेर्पा एपीएफसंग ४-२ को गोल अन्तरले विजयी भएको हो ।
मंगलबारको खेल अर्थात अन्तिम क्वाटरफाइनल खेल विरगन्ज युथ र नेपाल पुलिस क्लव बीच हुने खेल संयोजक सेतबहादुर पुनले बताए ।

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा भएको राइनो संरक्षण गोल्ड कपको विजयी टिमले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाइनल खेल कात्तिक २९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment