Comments Add Comment

अफ्रिकाका क्रिकेटर जोन्टी नेपालमा, नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने

२६ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिका महान क्रिकेटर जोन्टी रोड्स नेपाली क्रिकेटरलाई हाई पर्फमेन्स क्याम्पका लागि नेपाल आएका छन् ।

१० दिने हाई पर्फमेन्स क्याम्पकम जोन्टीबाट नेपाली क्रिेकटरले धेरै कुरा सिक्न पाउने छन् । उनी विश्वमै उत्कृष्ट फिल्डरको रुपमा परिचित छन् ।

सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो अनुभवको अधिकतम उपयोग नेपाली खेलाडीले गर्ने बताए । त्यस्तै, नेपाली क्रिकेटले उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएपनि सिनियर टिममा पुगेपछि त्यस्तो राम्रो नदेखिएकाले अवस्था अनुसार खेल्न सिकाउने जोन्टीले दाबी गरे ।

उनले उमेरसमूहदेखि सिनियर टिम र स्कुलका विद्यार्थी खेलाडीलाई प्रशिक्षण दिने छन् । प्रशिक्षणमा उनी मात्रै छैनन् वेष्ट इन्डिज र अफगानिस्तानको समेत प्रशिक्षक भइसकेका रायन मारोन पनि छन् ।

जोन्टीले दक्षिण अफ्रिकाका लागि ५२ टेष्ट खेल खेल्दै २ हजार ५३२ रन बनाएका छन् । त्यस्तै, २४५ एक दिवसीय खेल खेलेका उनले ५ हजार ९३५ रन बनाएका छन् । उनले सन् १९९२ देखि २००३ सम्म आफ्नो देश दक्षिण अफ्रिका लागि क्रिकेट खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment