Comments Add Comment

ओलम्पिक महिला फुटबल छनोटः बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणमा

२७ कात्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।

आज हुने समूह सी कै अन्तिम खेल आयोजक म्यानमार र भारतमध्ये एक टिमले जित हात पारेमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । तर दुबै टिमले बराबरी खेलेमा हेट टु हेडको आधारमा म्यानमार नेपाल र भारतमध्ये ३ टिम दोस्रो चरणमा प्रवेश गर्ने छ ।

आफ्नो पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्दी म्यानमारसँग पनि १–१ गोलकै बराबरी खेल्दै नेपालले अंक बाँडेको थियो । दुई बलिया टिमलाई रोकेको नेपालले बंगलादेशविरुद्ध मैदानमा ओर्लिदा उच्च मनोबलको साथ खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment