Comments Add Comment

श्रृष्टी फर्केर नआएपछि नाजिरको पीडा

निर्देशक निशान काश्यप घिमिरेले एक गीतको भिडियोमा प्रेमिका फर्केर नआउँदा प्रेमीको पीडा कस्तो हुन्छ भनेर देखाएका छन् । दिनेश गौतमको स्वर, पुस्तक प्रसादको शब्द तथा संगीतमा तयार भएको ‘फर्केर आएन मायालु’ बोलको गीतको भिडियोमा घिमिरेले सो पीडा देखाएका छन् ।

भिडियोमा नाजिर हुसेन र श्रृष्टी खड्काको प्रेम, विछोड र पीडा देखाइएको छ । विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको भिडियोलाई गीतको भाव अनुसार तयार गरिएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment