+
+
Shares

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदीलाई मौका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १४:१४

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् ।

सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?