+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
  • नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
  • भट्टले मंगलबार सचिवालयलाई पत्राचार गर्दै बुधबार दिउँसो १ बजे बैठक बोलाइदिन भनेका छन् ।

२ भदौ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका छन् ।

उनको पत्रअनुसार भोलि दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

उनकाअनुसार कार्य व्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?