Comments Add Comment

राखेपले दुई तेक्वान्दो संघलाई दियो ७ दिने अल्टिमेटम

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो संघमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न ७ दिने अल्टिमेटम दिएको छ ।

राखेपका सदस्य सतिव केशवकुमार विष्टले मंगलबार प्रकाश शमशेर राणा नेत्तृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैको लागि अन्त्य गर्न पत्रचार गर्दै ७ दिने अल्टिमेटम दिएको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा जिल्ला, प्रदेश छनोटमा समस्या आउने उल्लेख गर्दै तत्काल दुई तेक्वान्दो संघ मिल्न निर्देशन दिएको हो । केही दिनअघि ११०औं बोर्ड बैठकले विवाद समाधान गरी त्यो जानकारी अनिवार्य रुपमा उलब्ध गराउनु पर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समानधान गर्न राखेपले निर्देशन दिएको हो ।

विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment