Comments Add Comment

ताइजुलको ५ विकेटसँगै बंगलादेशलाई २१८ रनको अग्रता

काठमाडौं । ब्रेन्डन टेलरको ११० र विटर मोरको ८३ रनले जिम्बाब्वेलाई केही राहत दिएको छ तर, ताइजुल इस्लामले ५ विकेट लिएसँगै बंगलादेशविरुद्ध पहिलो टेष्टको पहिलो पारीमा ३०४ रन मात्र बनाएको छ । यससँगै बंगलादेशलाई २१८ रनको अग्रता मिलेको छ ।

एक विकेटको क्षतिमा बनाएको २५ रनबाट तेस्रो दिनको खेल थालेको जिम्बाब्वेले १३१ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, टेलर र मोरले छैटौं विकेटका लागि १३९ रनको साझेदारी गरे ।

मोर ८३ रनमा आउट भए । थप २० रन जोड्दा टेलर पनि ११० रनमा पभेलियन फर्किए । उसका लागि बीबी चारीले ५३ रन बनाए ।

जिम्बोब्वेलाई कम स्कोरमा समेट्ने क्रममा ताइजुलले ५ विकेट लिए भने मेहदी हसन मिराजले ३ विकेट लिए ।

बंगलादेशले मुस्फिकर रहिमको २१९ र मोमिनुल हकको १६१ रनको मदतमा ५२२ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment